FAQs Complain Problems

ताप्ली गाउँपालिकाकाे परिचय

नेपालको कोशी अन्तर्गत पर्ने विश्वको सर्वाेच्च शिखर सगरमाथाको काखमा आवस्थित पूर्व पश्चिम लम्बिएर रहेको उदयपुर जिल्ला प्रकृति सुन्दरता भरिपूर्ण रहेको एक जिल्ला हो । उदयपुर जिल्लाका  साबिकका ५ गाउँविकास समितिहरु ओख्ले, लेखगाउँ, इनामे, ठानागाउँ र रुपाटार संयोजन भई हाल कोशी प्रदेश अन्तरर्गतका स्थानीय तहहरु मध्ये ताप्ली गाउँपालिका २०७३/११/२७ मा नेपाल राजपत्रमा प्रकाशित सुचना बमोजिम गठित एक स्थानीय तह हो। यस गाउँपालिकाको पूर्वमा रौतामाई र सुनकोशी ( लिम्चुङबुङ) गाउँपालिका, पश्चिममा कटारी नगरपालिका, उत्तरमा हलेसी तुवाचुंङ्ग नगरपालिका र दक्षिणमा उदयपुरगढी गाउँपालिका सँग सिमाना जोडिएको छ भने यसको जम्मा क्षेत्रफल ११९.११ वर्ग किलोमिटर रहेको छ । वडा नं २ स्थित ताप्ली रानी पोखरीको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी यस गाउँपालिकाको नामकरण गरिएको हो |

संक्षिप्त परिचय :

हाल कायम भएको राजनीतिक तथा प्रशासनीक विभाजन
प्रदेश  ः–संघीय गणतन्त्र नेपालको कोशी प्रदेश,      
नाम  ः– ताप्ली गाउँकार्यपालिकाको कार्यालय, उदयपुर
जिल्लाः–उदयपुर
वडा संख्या :–५
केन्द्रः–(साविक रुपाटार गाविस)रुपाटार,उदयपुर

अवस्थिति : ८६२८'१४'' पुर्व - ८६३६' २०'' पूर्व र २७०१' १७'' उत्तर २७०८' ५४''  उत्तर

प्राकृतिक भूभाग : महाभारत क्षेत्र

उचाई : ३०० मिटर सुनकोशी (ठानागाउँ ) देखि इनामे (निगालबास ) २३१० मिटर सम्म 

जलवायु क्षेत्र : समशीतोष्ण देखि उष्ण जलवायु (subteopical to warm temaperate climatae)

तापक्रम स्तर : १५.८९सेल्सियस देखि २८.४८सेल्सियस सम्म 

 

 

 

 

 

 

आर्थिक वर्ष: