समाचार
ताप्ली गाउँपालिकाकाे परिचय
नेपालको कोशी अन्तर्गत पर्ने विश्वको सर्वाेच्च शिखर सगरमाथाको काखमा आवस्थित पूर्व पश्चिम लम्बिएर रहेको उदयपुर जिल्ला प्रकृति सुन्दरता भरिपूर्ण रहेको एक जिल्ला हो । उदयपुर जिल्लाका साबिकका ५ गाउँविकास समितिहरु ओख्ले, लेखगाउँ, इनामे, ठानागाउँ र रुपाटार संयोजन भई हाल कोशी प्रदेश अन्तरर्गतका स्थानीय तहहरु मध्ये ताप्ली गाउँपालिका २०७३/११/२७ मा नेपाल राजपत्रमा प्रकाशित सुचना बमोजिम गठित एक स्थानीय तह हो। यस गाउँपालिकाको पूर्वमा रौतामाई र सुनकोशी ( लिम्चुङबुङ) गाउँपालिका, पश्चिममा कटारी नगरपालिका, उत्तरमा हलेसी तुवाचुंङ्ग नगरपालिका र दक्षिणमा उदयपुरगढी गाउँपालिका सँग सिमाना जोडिएको छ भने यसको जम्मा क्षेत्रफल ११९.११ वर्ग किलोमिटर रहेको छ । वडा नं २ स्थित ताप्ली रानी पोखरीको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी यस गाउँपालिकाको नामकरण गरिएको हो |
संक्षिप्त परिचय :
हाल कायम भएको राजनीतिक तथा प्रशासनीक विभाजन
प्रदेश ः–संघीय गणतन्त्र नेपालको कोशी प्रदेश,
नाम ः– ताप्ली गाउँकार्यपालिकाको कार्यालय, उदयपुर
जिल्लाः–उदयपुर
वडा संख्या :–५
केन्द्रः–(साविक रुपाटार गाविस)रुपाटार,उदयपुर
अवस्थिति : ८६0 २८'१४'' पुर्व - ८६0 ३६' २०'' पूर्व र २७0 ०१' १७'' उत्तर २७0 ०८' ५४'' उत्तर
प्राकृतिक भूभाग : महाभारत क्षेत्र
उचाई : ३०० मिटर सुनकोशी (ठानागाउँ ) देखि इनामे (निगालबास ) २३१० मिटर सम्म
जलवायु क्षेत्र : समशीतोष्ण देखि उष्ण जलवायु (subteopical to warm temaperate climatae)
तापक्रम स्तर : १५.८९0 सेल्सियस देखि २८.४८0 सेल्सियस सम्म