FAQs Complain Problems

ताप्ली गाउँपालिकाकाे परिचय

नेपालको पुर्वाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने विश्वको सर्वाेच्च शिखर सगरमाथाको काखमा आवस्थित पूर्व पश्चिम लम्बिएर रहेको उदयपुर जिल्ला प्रकृति सुन्दरता भरिपूर्ण रहेको एकजिल्ला हो ।  उदयपुर जिल्लाका  साबिकका ५ गाउबिकास समितिहरु अाेख्ले, लेखगाउँ, इनामे, ठानागाउ र रुपाटार संयोजन भई हाल एक नम्बर प्रदेश अन्तरर्गतका स्थानिय तहहरु मध्ये ताप्ली गाउँलिका २०७३/११/२७ मा नेपाल राजपत्रमा प्रकाशित सुचना बमोजिम गठित एकस्थानिय तह हो।यस गाउँपालिकाको पूर्वमा रौतामाई र सुनकोशी गाउपालिका, पश्चिममा काटारी नगरपालिका, उत्तरमा खोटाङ जिल्ला र दक्षिणमा उदयपुर गढी गाउँपालिका सिमाना जोडिएको छ भने यसको जम्मा क्षेत्रफल ११९.११ वर्ग किलोमिटर रहेको छ । वडा नं २ स्थित ताप्ली रानी पोखरीको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी यस गाउँपालिकाको नामकरण गरिएको हो |

संक्षिप्त परिचय :

हाल कायम भएको राजनीतिक तथा प्रशासनिक विभाजन
प्रदेश  ः–संघीय गणतन्त्र नेपालको १ नं प्रदेश,      
नाम  ः– ताप्ली गाउँ कार्यपालिकाको कार्यालय, उदयपुर
जिल्लाः–उदयपुर
वडा संख्या :–५
केन्द्रः–(साविक रुपाटार गाविस)रुपाटार,उदयपुर

अवस्थिति : ६०२८'१४'' पुर्व - ८६०३६'२०'' पूर्व र २७००१'१७'' उत्तर २७००८'५४''  उत्तर

प्राकृतिक भूभाग : महाभारत क्षेत्र

उचाई : ३०० मिटर सुनकोशी (ठानागाउँ ) देखि इनामे (निगालबास ) २३१० सम्म 

जलवायु क्षेत्र : समशीतोष्ण देखि उष्ण जलवायु (subteopical to warm temaperate climatae)

तापक्रम स्तर : १५.८९० सेल्सियस देखि २८.४८० सेल्सियस सम्म 

 

 

 

 

 

 

आर्थिक वर्ष: