FAQs Complain Problems

ताप्ली गाउँपालिकाकाे संक्षिप्त परिचय

नेपालको पुर्वाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने विश्वको सर्वाेच्च शिखर सगरमाथाको काखमा आवस्थित पूर्व पश्चिम लम्बिएर रहेको उदयपुर जिल्ला प्रकृति सुन्दरता भरिपूर्ण रहेको एकजिल्ला हो ।  उदयपुर जिल्लाका  साबिकका ५ गाउबिकास समितिहरु अाेख्ले, लेखगाउँ, इनामे, ठानागाउ र रुपाटार संयोजन भई हाल एक नम्बर प्रदेश अन्तरर्गतका स्थानिय तहहरु मध्ये ताप्ली गाउँलिका २०७३/११/२७ मा नेपाल राजपत्रमा प्रकाशित सुचना बमोजिम गठित एकस्थानिय तह हो।यस गाउँपालिकाको पूर्वमा रौतामाई र सुनकोशी गाउपालिका, पश्चिममा काटारी नगरपालिका, उत्तरमा खोटाङ जिल्ला र दक्षिणमा उदयपुर गढी गाउँपालिका सिमाना जोडिएको छ भने यसको जम्मा क्षेत्रफल ११९.११ वर्ग किलोमिटर रहेको छ ।

हाल कायम भएको राजनीतिक तथा प्रशासनिक विभाजन
    प्रदेश  ः–संघीय गणतन्त्र नेपालको १ नं प्रदेश,      
नाम  ः– ताप्ली गाउँ कार्यपालिकाको कार्यालय, उदयपुर
विकास क्षेत्रः–पूर्वाञ्चल विकास क्षेत्र
अञ्चल ः–सगरमाथाअञ्चल
जिल्लाः–उदयपुर
वडा संख्या :–५
केन्द्रः–साविक रुपाटार गाविसको कार्यालय, उदयपुर

 

 

 

आर्थिक वर्ष: